तेजेश रेग्मी र समीक्षा अधिकारीको आवाजमा गीत 'फुर्के जुँगा' इन्टरनेट रिलिज गरिएको छ l सपना बानियाको शब्द र गायक रेग्मीको संगीतमा गीत तयार गरिएको हो l भिडियोको निर्देशन निर्देशक आदित्य बुढाथोकीले गरेका हुन् l सुधीर श्रेष्ठ, रोशनी कार्की ,राज र सोफिया बज्राचार्य भिडियोमा फिचर्ड छन् l

मुकेश हुमागाईँले भिडियोको दृश्य कैद गरेका हुन् भने सम्पादन पदम सुवेदी र कलर मिलन विश्वकर्माको रहेको छ l  भिडियोलाई गायक रेग्मीकै आधिकारिक युट्युब च्यानल बाट हेर्न सकिन्छ l