ग्लोबल फिल्म फेस्टिभल आयोजना हुँदैछ । सिक्किमले आयोजना गरेको उक्त महोत्सव आउँदो महिना भारतको उत्तर पूर्वी राज्य सिक्किममा हुँदै छ l नेपाली कलाकारका साथै बलिउड कलाकारहरूलाई समेत उपस्थिति रहने सो कार्यक्रममा नेपालबाट अनमोलसहित नम्रता श्रेष्ठ, भुवन केसी, दयाहाङ राई, विनय श्रेष्ठ, अदिति बुढाथोकीले भाग लिने भएका छन् । भने साथै बलिउड बाट मलाइका अरोराले भाग लिनेछिन् l डिसेम्बर १० देखि १४ सम्म फेस्टिभल आयोजना हुँदैछ l सिक्किम फिल्म प्रवर्द्धन बोर्डले गत आइतबार पोस्टर सार्वजनिक गर्दै फेस्टिभलमा सार्वजनिक हुने सेलेव्रिटी पाहुनाको नाम सार्वजनिक गरेको हो l यसो त उक्त फेस्टिभलमा नेपाली फिल्म साइनोदेखि जारसम्म प्रदर्शन हुने छन् l