युट्युबको पहिलो र दोश्रो स्थान यती बेला नेपाली फिल्मले कब्जा गरेको छ l पहिलो स्थानमा रहेको छ फिल्म यात्रा र दोश्रो स्थानमा छ ‘लम्फू’ l केही दिन अघि मात्रै यी दुई फिल्म युट्युबमा सार्वजनिक गरिएको थियो l 'यात्रा' लाई दुई मिलिएन दर्शकले हेरेका छन् भने लम्फूलाई ११ लाख ६४ हजार पटक हेरिएको छ । यी दुवै फिल्म भने हलमा सुपर फ्लप भएका थिए l तर युट्युबमा भने फिल्मले वाहा पाएको छ l फिल्म यत्रालाई सम्राट् शाक्यले निर्देशन गरेका हुन् भने लम्फूलाई गोपालचन्द्र लामिछानेले निर्देशन गरेका थिए l 'यात्रा' मा सलिनमान बनियाँ, मलिका महत, सलोन बस्नेत लगायतका कलाकारको अभिनय रहेको छ l साथै, 'लम्फू'मा कबिर खड्का, सलोन बस्नेत, मरिष्का पोखरेल लगायतको अभिनय देख्न सकिन्छ