फिल्म ‘गुञ्जन’को दृश्य कैद यती बेला दुबईमा धमाधम भइरहेको छ l अष्ट महर्जनको निर्देशन रहेको फिल्मको छायाङ्कनका केही तस्बिरहरू सार्वजनिक भएका छन् l जसमा नायिका सारा सिर्पाली नायक प्रितमराज सेन्चुरी देखिएका छन् l उक्त तस्बिर फिल्मको ‘सास चल्छ पल पल तिम्रै मायाको’ बोलको गीतको छायांकन क्रममा खिचिएको हो l तस्बिरमा सारा र प्रितम रोमान्टिक देखिएका छन् l फिल्म प्रेम कथामा आधारित रहेर निर्माण गरिएको हो l एएच इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा सारा र प्रितमको अलावा सरोज खनाल, हिउँवाला गौतम, कबिर खड्का, रोहन शाही लगायतका कलाकारको अभिनय छ । राजु श्रेष्ठको छायाँकन , कविराज गहतराजको नृत्य अर्जुन पोखरेल र करणराज कार्कीको संगीत फिल्ममा समावेश गरिएको छ l  l