युट्युब च्यानल नेपाली वेबसाइटले केही दिन अघि पुष्प खड्का अभिनीत म्युजिक भिडियो 'जितेर पनि हारमा छु' सार्वजनिक गरेको थियो l एक समय सुरेश वाग्लेको शब्द तथा हरि लम्सालको संगीत रहेको 'जितेर पनि हारमा छु' बोलको गीत निकै लोकप्रिय बनेको थियो । उक्त गीतमा शिव परियारले स्वर दिएका थिए । रिलिज भएको तीन वर्षपछि यस गीतलाई पुनः 'फिमेल भर्सन'मा सार्वजनिक गरिएको हो । जसमा गायिका अन्जु पन्तले स्वर दिएकी छन् ।सार्वजनिक गीतको भिडियोमा पुष्पलाई प्रमीलाले अभिनयमा साथ दिएकी छिन् l 

तस्बिर: विकास अर्याल

Cine pati Cine pati Cine pati

शान थापाको निर्देशनमा बनेको भिडियोमा राजीव समरले सहायक निर्देशकको रूपमा काम गरेका छन् । अर्जुन तिवारीले खिचेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् । हाल सम्म म्युजिक भिडियोलाई तीन लाख माथि दर्शकले हेरेका छन् भने गीतले सकारात्मक प्रतिकृया पाइरहेको छ l 

Cine pati Cine pati
भिडियो: