चलचित्र अनुरागबाट सिने जगतमा पाइला चालेकी नायिका एलिजा गौतमले झण्डै ३ बर्षपछि नयाँ चलचित्रमा काम गर्न भएकी हुन् । पहिलो चलचित्रले व्यवसायिकरुपमा सफलता पाउन नसकेपनि एलिजाकाृ व्यस्ततामा भने कमि आएको छैन। म्युजिक भिडियोमा पछिल्लो समय व्यस्त हुने गरेकी एलिजाको ‘घुइर्चो दोस्रो चलचित्र हो । चलचित्रमा एलिजाको साथमा मोडल कुन्साङ बम्जोन देखिने भएका छन् । केही दिन अघि राजधानीमा आयोजित पत्रकार सम्मेलनको बिचमा चलचित्रका मुख्य कलाकारलाई सार्वजनिक गरिएको थियो । कुन्साङ एक मोडल हुन् ।
उनले दर्जनौ बढि म्युजिक भिडियो, बिज्ञापनमा काम गरिसकेका छन् भने चलचित्र घुइचो उनको डेव्यु चलचित्र हो । चलचित्रलाई राजमी दैलेखीले निर्माण गर्न लागेको हुन् । चलचित्रलाई दीपेन्द्र लामाले निर्देशन गर्ने छन् । यसअघि उनले घामपानी र छ माया छपक्कै निर्देशन गरिसकेका छन् । निर्देशक दिपेन्द्र लामाले फिल्मको कथाले गाउँदेखि अमेरिकाको कथा भन्ने जानकारी दिए । चलचित्रको छायाँकन माघको अन्तिम साताबाट सुरु हुने निर्माणटिमले बताएको छ । त्यस्तै चलचित्रको अन्य कलाकार र प्राविधिकहरु पनि चाँडैनै फाइनल गरिने बताइएको छ ।