ब्ल्याक हर्स पिक्चर्सको प्रस्तुतिमा म्युजिक भिडियो 'सुन बाटुली' इन्टरनेट रिलिज गरिएको छ l केही समय अघि मात्र ब्ल्याक हर्सकै आधिकारिक युट्युब मार्फत रिलिज गरिएको गीतमा आवाज काली प्रसाद बास्कोटाको रहेको छ l गायक काली शब्द रचना रहेको उक्त गीतमा संगीत संयोजन जोशुवा भोलानको रहेको छ l
दीर्घ खड्काको सम्पादन रहेको भिडियोमा रियल जोडी निश्चल बस्नेत र नायिका स्वस्तिमालाई देख्न सकिन्छ l भिडियोको दृश्य कैद पवन सुस्लिङले गरेका हुन् l