अभिनेता कर्मा शाक्य हलिउड फिल्ममा अनुबन्धित भएका छन् l उक्त फिल्मको नाम रहेको छ ‘फ्रोस्टबाइट’ l सगरमाथामा खसेको हिम पहिरोमा बाँच्न सफल चार आरोहीको कथामा आधारित यस फिल्मलाई परहिरो फिल्म ‘एक्समेन’ र ‘थोर’ लेखक ज्याक स्टेन्जले लेखेका हुन् । सन् २०२२ को फेब्रुअरीमा नेपाल र अमेरिकामा छायांकन हुने फिल्मलाई डिज्नेका एनिमेटर किरणभक्त जोशीले अमेरिकन कम्पनी इलेक्ट्रिक ब्रेन इन्टरटेनमेन्टको संयुक्तमा निर्माण गर्न लागिएको हो l फिल्ममा कर्मासँगै बलिउड अभिनेता गुल्सन ग्रोबर पनि देखिनेछन् । द म्यान फ्रम काठमाण्डूमा कर्मा र ग्रोबरले सहकार्य गरेका थिए । साथै अन्य कलाकार अमेरिका बाट नै छनौट गरीने छ भने एक कलाकार चाँही भुटानको रहने बताइएको छ l