इमेज टिभी एचडी बाट नयाँ रियालिटी सो प्रसारणमा आउने भएको छ । भ्वाइस स्टार नेपाल प्रालीले निर्माण गर्ने ‘नेपाल्स सिङ्गिङ सुपरस्टार’ प्रसारण हुन लागेको हो । इमेज टिभी एचडी र भ्वाइस स्टार नेपाल प्रालीबीच सम्झौता भएको छ ।टेलिभिजनका तर्फबाट कार्यकारी अधिकृत महेन्द्र विष्ट र नायव महाप्रबन्धक सुरेश शर्मा तथा भ्वाइस स्टार नेपालका तर्फबाट क्रियटिभ डाइरेक्टर रवि श्रेष्ठ र सुरज जोशीले सम्झौतामा हस्ताक्षर गरेका थिए । रविका अनुसार सोका लागि पहिलो चरणमा डिजिटल अडिसनबाट प्रतिष्पर्धीहरुको छनोट गरिनेछ ।२५ शृङ्खलासम्म चल्ने प्रतिस्पर्धामा विजयी हुने प्रतियोगीले २५ लाख नगद पाउनेछन् । विजेताको घोषणा दर्शकले दिएको भोटका आधारमा हुनेछ । सोको निर्णायकहरू पक्का भइसकेका छन् । तर, प्रचारको लागि ‘गेस द जजेज’ क्याम्पिन हुनेछ । डिजिटल अडिसन पुसको पहिलो साताबाट खुल्ला हुनेछ । डिजिटल अडिसनबाट छानिएका प्रतिभालाई फिजिकल अडिसनमा सामेल गराइनेछ । ‘नेपाल्स सिङ्गिङ सुपरस्टार’मा संगीतिक क्षेत्रमा संघर्षरत गायक र गायिका तथा दूर दराजमा रहेका प्रतिभालाई स्थान दिइने निर्देशक रवि श्रेष्ठले बताए ।