क्रियाशील होचा पुड्का महिला संघको आयोजनामा एक महिने नि:शुल्क अभिनय तथा नृत्य तालिम हुने भएको छ l मङ्सिर १० गते देखि पौष ९ गते सम्म सञ्चालनमा आउने सो कार्यशालामा अभिनय प्रशिक्षक प्रह्लाद खरेलले अभिनय प्रशिक्षण दिने भएका हुन l  अपाङ्गता भएका व्यक्तिहरूको लागि राखिएको कार्यशालामा इछुक भएका होचा पुड्का महिला पुरुषहरू साथै अन्य अपाङ्गता भएका व्यक्तिहरूले पनि ९८४११३४७९४ सम्पर्क राख्न सक्ने छन् l साथै प्रशिक्षक प्रह्लाद खरेलको फेस्बूकमा पनि म्यासेज गरेर सिट सुरक्षित राख्न सक्ने छन् l   नेपाल भरीका जुनसुकै ठाउँका व्यक्तिहरूका साथै काठमान्डुमै बसोबास गरेकाहरूले कार्यशालामा भाग लिन सक्ने छन् l काठमाण्डौको स्थानीय भाडा खर्च संस्थाले ब्यहोर्ने छ । संघले खाजा सुविधा दिने छ l तर भत्ताको सुविधा भने छैन । कार्यक्रम समापन गर्दा नाटक मञ्चन पनि गरिने छ । १५ जनाको लागि मात्र सिट सङ्ख्या राखिएको  महिला संघकी अध्यक्ष सुन्दरी मिश्रले जानकारी गराएकी छिन् l दिनको ११ बजे देखि १ बजे सम्म पुतली सडकमा कार्यशाला हुने छ l