लामो समयको प्रतीक्षा पछि अन्ततः दर्शकले प्रेम गीत ३ हेर्न पाउने भएका छन् l निर्माण टिमले लकडाउन पस्चात आफ्नै गतिमा चल्दै गरेको नेपाली सिने क्षेत्रलाई फागुन १३ गते फिल्म उपहार दिन लागेका हुन् l उक्त खबरलाई निर्माता सन्तोष सेनले जानकारी गराएका हुन् l सामाजिक सञ्जाल मार्फत मनको धारणा पोख्दै ‘हजुरहरूको लागी ठुलो चुनौती मोलेर एउटा यस्तो काम गर्ने हिम्मत जुटाएका थियौँ’, निर्माता सेनले प्रेम गीत ३ को पोस्टर सेयर गर्दै फेसबुकमा लेखेका छन्, ‘कोरोना कालको समयमा पनि थप हिम्मतका साथ नेपाल देखी भारतको यात्रामा दिग्गज दिग्गजलाई समेट्न सकेका थियौँ । अन्ततः फागुन १३ गते हजुरहरूलाई सुम्पने निर्णय लिएका छौँ । केही दिनमा ट्रेलर सहित प्रमोसनमा हजुरहरू माझ आउनेछौँ ।’ भनेर भनेका छन् l