फिल्म 'गोर्खा वारियर २' को छायांकन पुनः सुरु गरिएको छ l ४० प्रतिशत छायांकन सक्काएर बाँकी कलाकारहरूको खोजी गरिएको फिल्मको छायांकन आज बाट सुरु गरिएको हो l बुधवार १ सय १७ जनाको टिम लिएर सिन्धुली पुगेका चाम्सले बिहीबार एक मन्दिरमा क्यामेरा पूरा गर्दै फिल्मको छायांकन थालेका हुन् । फिल्मलाई दुई वटा रेड क्यामेराबाट खिचिनेछ । फिल्मलाई लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण गरिएको हो l नेपालसहित मलेसिया र बेलायतमा छायांकन हुने फिल्ममा रेविका गुरुङ, विजय लामा, रियर राई, भुवन सिंह राई, शिशिर बाङ्देल, बुद्धि तामाङ, कविता आले, बिरूप घले लगायतको अभिनय रहेको छ l फिल्ममा शैलेन्द्र खनाल ‘शरद’को गीत, एलिस कार्कीको संगीत, राजेशपायल राईको गायन, मिलन चाम्स र गिरिराज घिमिरेको लेखन, अर्जुन बीसीको सम्पादन, सुदीप बरालको छायांकन र हिमाल केसीको द्वन्द्व निर्देशन समावेश छ l यस वर्ष छायांकन सकेर २०२२ मा प्रदर्शन गर्ने योजनामा निर्माण टिम छ । फिल्मलाई दोस्रो पार्ट प्रदर्शनमा गरेपछि पहिलो पार्ट निर्माण गर्ने मिलनले बताएका छन् l