नेपालमा कमै मात्रामा बन्ने हरर जनराको फिल्म 'कठपुतली 'को रिलिज मिति तय गरिएको छ l पुष १५ लाई निर्माण टिमले रिलिज मिति लक् गरेका हुन् l  एक राज्यमा शासन गर्ने राजाको दरबार भित्रको सेरोफेरोमा आधारित कथामा राजाहरूले मोजा मस्ती गर्ने बहानामा दिनहुँ जनाताका चेलीबेटी माथि गर्ने शोषण, बलात्कार जस्ता कामबाट आजित महिलाहरूले मृत्यु परान्त लिएको बदलालाई कथाको रूप दिइएको बताइएको छ । फिल्मकी लेखक तथा कार्यकारी निर्मातामा सम्पदा मल्ल रहेकी छिन् l अन्य हरर नेपाली फिल्म भन्दा यो फिल्म भिन्न रहेको छ l फिल्मलाई पृथ्वी राना मगरले निर्माण गरेका हुन् भने भीमसेन लामाले निर्देशन गरेका हुन् । कठपुतलीमा गौरी मल्ल, मिथिला शर्मा, कर्मा, शिल्पा माष्के, उषा रजक, सुवर्ण थापा लगायतका अन्य कलाकारहरूको मुख्य अभिनय रहेको छ ।