नायिका तथा मोडल रेश्मा घिमिरे वैवाहिक जीवनमा बाँधिने भएकी छन् । अमेरिकामा अध्ययनरत प्रभात बाबुसँग उनले विवाह गर्न लागेकी हुन् l रेश्माले मंसिर १४ गते विवाह गर्न लागेकी हुन् । परिवारको सल्लाहमा रेश्मा र प्रभातले बिहे गर्न लागेका हुन् । गत वर्षको मंसिर १८ गते इन्गेजमेन्ट गरेता पनि समय र बाध्यता अनुसार यी दुईले यो वर्ष रोजेका हुन् l उनीहरूको विवाह विराटनगरबाट हुनेछ । रेश्मा र प्रभातबिच तीन वर्षअघि चिनजान भएको हो । यसपछि कुराकानी गर्दै जाँदा उनीहरू नजिक भएका थिए ।