कोरोनाका कारण लगभग २ वर्ष सम्म बन्द रहेको नेपाली सिने क्षेत्र चलायमानको अवस्थामा रहेको छ l कोरोनाका समयमा नै बिचमा खुल्दै बन्द हुँदै गरेका थिए सिनेमा हलहरू l सोही समयमा कति फिल्महरूले रिलिज मिति तोकेका थिए l ती फिल्महरू समयमा नै रिलिज हुन सकेनन् l डरै डरको चपेटामा खोलिएका सिनेमा घरमा निर्माताहरुले फिल्म चलाउने आँट् गर्न सकेनन् l थचारिएको सिनेमा हललाई उठाउने सम्भावना बोकेका फिल्महरूले उक्त समय रिक्स लिएनन् l फिल्म रिलिज गर्न कोही निर्माता नतम्सिए पछि , हल सञ्चालकहरू बलिउड फिल्मको पर्खाइमा बसे l पर्खाइ -पर्खाइमै बसेको सिनेमा हलमा लामो समय पछि बलिउड फिल्म 'सुर्यबङसी' लाग्यो l उक्त फिल्मले दर्शकलाई मज्जाले हल सम्म तान्यो l सुर्यबङसी लागेको केही दीन पछि नै भटाभट नेपाली निर्माताहरुले फिल्मको रिलिज मिति तोक्न थाले l जसमा प्रेम गीत ३ , चपली हाइट , कठपुतली , 'म यस्तो गीत गाउँछु २' 'ए मेरो हजुर ४' 'सम्हालिन्छ कहिले मन' लगायत दर्जनौँ ठुला ब्यानरका फिल्महरू l ती मध्य 'म यस्तो गीत गाउँछु २' र 'प्रेम गीत ३' जसले थचारिएको सिनेमा हल्ललाई एकैचोटी हाइप् मा लग्ने सम्भावना बोकेका फिल्महरू हुन् l यी दुई फिल्म यसै वर्ष रिलिजमा आउँदै छन् l पूजाको 'म यस्तो गीत गाउँछु' माघ १९ र प्रदीपको 'प्रेम गीत' फाल्गुन १३ l हल्ला र प्रचार अनुसार यी दुवै फिल्मले बक्स अफिसमा उछाल ल्याउने मात्र होइन, नेपाली फिल्म क्षेत्रलाई नै नयाँ जीवन दिने अपेक्षा गरिएको छ । स्वं. छेतेन गुरुङ र सन्तोष सेनको निर्देशन रहेको 'प्रेम गीतमा' प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, मनिष राउत, पुष्कर कार्की, प्रेम पुरी, सुनिल थापा, माओत्से गुरुङ, लक्ष्मी बर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, संवृद्धि शाही ठकुरी लगायतको अभिनय छ । यो फिल्मबाट मनिष र क्रिस्टिनाले नायक-नायिकाको रूपमा डेब्यू गरेका छन् l त्यसै गरी म यस्तो गीत गाउँछु मा पूजा शर्मा , पल शाह, दिनेश डिसी, हरिहर शर्मा, राजा राजेन्द्र पोखरेल, गणेश गिरी, सोनिका रोकाया लगायतको अभिनय रहेको छ । पूजा यस फिल्मकी निर्मात्री पनि हुन् l अपेक्षा गरिए अनुसार यी फिल्मले दर्शक तान्छकी , दर्शकलाई सिनेमा हलको बाटै बिर्साउँछ l त्यो त हामीले निर्माण टिमले दिएको रिलिज मिति सम्म पर्खिनै पर्ने छ l