पछिल्लो समय नेपालका अधिकतम कलाकारहरू गाडीको सौखिन हुन थालेका छन् l जसमा अभिनेता तथा गायक प्रकाश सपुत, पुष्प खड्का, एलिजा गौतम लगायत दर्जनौँ कलाकारहरू छन् l प्रसँग रह्यो अभिनेता राजेश हमाल l उनी पनि गाडीका एकदमै सौखिन कलाकारमा गनिन्छन् । तिनै हमालले बिहीबार नक्सालस्थित जिप स्वरुमबाट लिजेन्डरी कम्पासको जिप खरिद गरे । जसको मूल्य ८४ लाख ९० हजारदेखि एक करोड ३६ लाख रुपैयाँसम्म रहेको छ l कम्पनीले नेपालमा जिपको नयाँ मोडेल कम्पास स्पोर्ट, लंगिच्युड, लिमिटेड र एस मोडेलमा उपलब्ध रहेको जनाइएको छ ।