नेपाली सेलिब्रेटीहरु बिच प्रेम रहनु वा ब्रेकअप हुनु कुनै नौलो कुरा भने हैन l यो त कलाकारहरूको चाड पर्व सरह नै हो l हरेक साल आयो गयो l केही महिना अघि मात्रै नम्रता श्रेष्ठको ब्रेकअप भएको खबरले सिने क्षेत्र मज्जाले तताएको थियो l तर उक्त खबर सेलाउन नपाउँदै अहिले सागर लम्साल उर्फ 'बले' र टीकटक स्टार प्रिज्मा खतिवडाको ब्रेकअप भयो भन्ने हल्लाले बजार तताउन थालेको छ l तर उक्त खबर कत्तिको सत्य हो या होइन त्यो भने केही थाहा छैन l किनकि दुईले यस बारे बोलेका भने छैनन् l तर अलि अलि सुराग भने दिँदै गएका छन् l प्राय सँगै भिडियोमा देखिने यी दुई अहिले .... l चाहे टीकटक होस् या म्युजिक भिडियो नै l यी दुई अहिले अलग भइसके रे l हामीले भन्या हैन , यो रँगिन क्षेत्रमा चलेको हल्ला l  साथै यी दुईको फागुनमा बिहे गर्ने चर्चा पनि थियो । त्यही बिहेको कुरा नमिल्दा सम्बन्धमा दरार आएको दाबी गरेका छन् अझै कतिले त ! यस हल्ला सत्य हो कि के हो भनेर पत्रकारले सोध्दा प्रिज्मा ले ' हामी रिलेसनमा बसेकै छैनौ ब्रेकअप कसरी हुन्छ l हामी बिच अर्टिसको मात्र सम्बन्ध छ l म्युजिक भिडियो आएकै छैन , आयो भने हामी सँगै गर्छौ भनेर उत्तर दिएकी थिइन् l  हास्य सिरियल 'भद्रगोल' र केही म्युजिक भिडियोमा काम गरेपछि यी दुई प्रेम सम्बन्धमा रहेको अड्कल दर्शकले काटेका थिए l