भुटानी शरणार्थीका केही माग पुरा गर्नु पर्ने तयारीका साथ ‘इन्ट्रा नेशनल वेल्फेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिका’ले झापाको बेलडाँगीस्थित शरणार्थी शिविरमा भव्य कार्यक्रमको आयोजना गरेको छ । झापामा रहेका शरणार्थीलाई तेस्रो मुलुकमा पुनर्वास, नेपाली नागरिकता पाउनु पर्ने वा स्वदेश फिर्ताको व्यवस्था गर्न माग गर्दै उक्त कार्यक्रम आयोजना गरिएको हो l सो कार्यक्रममा नायिकाद्दय केकी अधिकारी , वर्षा राउत , गायक प्रमोद खरेल , गायिका रचना रिमाल , कलाकार शंकर बिसीले , अस्मिता अधिकारी लगायतको उपस्थिति रहेको थियो l साथै प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई पनि कार्यक्रममा लेराइएको थियो l शिविरमा ज्येष्ठ नागरिकका लागि निर्माण गरिएको डे केयर भवनको उद्घाटन तथा सांस्कृतिक कार्यक्रममा संस्थाका अध्यक्ष डिल्ली अधिकारीले ५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई वृद्ध भत्ता दिने जानकारी पनि गराएका थिए l यसअघि नै इन्ट्राले ८० वर्ष पुगेका करिब १३२ जनालाई मासिक पाँच हजार रुपैयाँ वृद्ध भत्ता उपलब्ध गराउँदै आएको छ । नेपाली भाषा, संस्कृति र परम्पराको संरक्षण गर्ने उद्देश्यले घोषणा गरिएको इन्ट्राले मेरो भ्वाइसकप अमेरिका यूएसए–२ र मेरो डान्स कप यूएसए–४ को उद्घाटन पनि सो कार्यक्रममा गरेको थियो l