३६ जना मोडलहरू छान्दै नेक्स्ट मोडल्स नेपालले म्यानेजमेन्टले ‘आइसी डिजाइनर रनवे १०’ फेसन सो आयोजना गर्ने भएको छ l होटल हायात रिजेन्सीमा आयोजना हुने फेसन शोमा ७३ जना डिजाइनरले तयार पारेका विभिन्न आकर्षक पहिरन २१ सिक्वेलमा मोडलहरूले र्याम्पमा प्रस्तुत गर्नेछन् । ७३ जना फेसन डिजाइनर नै आइसी कलेजका १८ औँ ब्याजका पास आउट विद्यार्थी हुन् ।‘आइसी डिजाइनर रनवे’ धेरै वर्षदेखि नियमित आयोजना हुँदै आएको सो हो । नेक्स्ट मोडल्सले हालै अडिसन मार्फत २८ फिमेल र ८ मेल मोडल गरेर फेसन शोका उत्कृष्ट ३६ मोडल छनौट गरेको छ । यस वर्ष उत्कृष्ट तरिकाबाट प्रस्तुत गर्ने तयारी भइरहेको नेक्स्ट मोडल्स नेपालका सीइओे रवि धमलाले बताए । आइसी डिजाइनर रनवे १० आगामी २४ डिसेम्बर (९ पुस) बाट सुरु हुँदै छ l