नायक आकाश श्रेष्ठ र नायिका पूजा शर्मा अभिनीत नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ l ‘कहाँ जाने हो कहाँ’ बोलको गीतमा मेलिना राई र प्रवीण भेडवालको स्वर रहेको छ l गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत छ ।
भिडियोमा शिलन लम्सालको सम्पादन, उत्सव दाहालको छायांकन, स्टेप अप एन्ड आर्टस् एकेडेमीको कोेरियोेग्राफी छ । यो गीतलाई अर्जुनले फिल्मी शैलीमा तयार पारेका छन् । भिडियोलाई माइकल चन्दले निर्देशन गरेका हुन् l