फिल्म ‘मन्त्र’को फस्ट लुक सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । आगामी माघ २८ गतेलाई रिलिज तोक्दै निर्माणपक्षले फिल्म ‘मन्त्र’को फस्ट लुक सार्वजनिक गरेका हुन् l सार्वजनिक गरिएको पोष्टरमा मुख्य कलाकारहरू सौगात मल्ल, बुद्धि तामाङ, दिया पुनलाई स्थान दिइएको छ । गोर्खा सिरानचोक एन्ड लिगलिग कोट फिल्मस् प्रालिको ब्यानरमा फिल्म निर्माण गरिएको हो l खिलबहादुर गुरुङले फिल्म निर्देशन गरेका हुन् । साम्तेन भुटियाको कथा रहेको फिल्ममा रविराज कार्की, सुरेश कार्की र सुभ श्रेष्ठको लगानी छ । फिल्मले गोरखाको मनास्लु क्षेत्रको कथालाई भन्नेछ । सन्तोष सुनारको संगीत, संजय लामाको छायांकन, मित्र डी गुरुङको सम्पादन, सुजिल कर्माचार्यको पाश्वर्य संगीत समावेश फिल्ममा देवेन्द्र मानन्धर कार्यकारी निर्माता रहेका छन् l फिल्ममा पोस्टरमा देखाइएका कलाकारको अलावा नमिता घिसिङ, वीर बहादुर लामा, पासाङ टी शेर्पाको पनि मुख्य भूमिका छ ।