फिल्म ‘हजार जुनीसम्म’ युट्युबमा रिलिज भएको छ । ओ. एस्. आर डिजिटल मार्फत फिल्म रिलिज गरिएको हो l २० घण्टा अघि सार्वजनिक गरिएको फिल्मलाई हाल सम्म करिब ६ लाख पटक हेरिएको छ । साथै ट्रेन्डिङको चार नम्बर पनि ओगटेको छ l विकासराज आचार्यले निर्देशन गरेको फिल्ममा आर्यन सिग्देल, प्रियंका कार्की, सञ्चिता लुइँटेल, स्वस्तिमा खड्का, सलोन बस्नेत लगायत कलाकारहरूको अभिनय रहेको छ l
दुई पुस्ताको प्रेम कथालाई उठान गरेको फिल्मको पटकथा तथा संवाद विकास र सामीप्यराज तिमिल्सिनाले तयार परेका हुन् l सिनेमा हलमा चलेको दुई वर्ष पछि फिल्मलाई निर्माण टिमले युट्युबमा सार्वजनिक गरेका हुन् l फिल्मले सकारात्मक प्रतिकृया पाइरहेको छ l