‘आँधी तुफान-२’ को दुई वटा गीतको छायांकन सकिएको छ । गोवामा गीतको छायांकन सकेर सुटिङ युनिट नेपाल फर्किएको छ । ‘आँधी तुफान–२’ लाई मौनता श्रेष्ठको निर्माण गरेका छन् l साथै फिल्मको कथा पनि उनकै रहेको छ l फिल्ममा कनिजका कोइराला, आरती आचार्य, याङ्सु श्रेष्ठ, सन्जित भण्डारी, रवि गिरी, ध्रुव कोइराला, सञ्जय खतिवडा, पुष्कर राउत, सिवन लामा, राजाराम गौतम, गोकुल सुवेदी लगायतका कलाकारहरूको अभिनय रहेको छ ।चक्रबहादुर मगर निर्माता रहेको थ्रीलर र सस्पेन्स विषयमा बन्न लागेको फिल्ममा रामशरण उप्रेतीको छायाँकन,प्रेम चुल्ठेको एक्सन , दिनेश सुवेदीका गीत,रानी शाक्यको स्वर र कमल राईको नृत्य रहेको छ । १६ वर्षपछि ‘आँधी तुफान’ को सिक्वेल निर्माण भएको हो ।