नायिका मलिका महत अभिनीत नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ l 'नजर झुकेझैँ लाग्यो'बोलको गीतमा कमल खत्रीको स्वर-संगीत रहेको छ l गीतको शब्द सुजन कोइरालाले कोरेका हुन्। निर्देशक राजेश पुमा राईले निर्देशन गरेको यस भिडियोमा मलिकाले चियावालीको भूमिका निभाएकी छिन् l

अभिनयमा मलिकालाई नीराजन प्रधानले साथ दिएका छन् l साथै बाल कलाकार शाहीरा देवकोटाको अभिनय पनि भिडियोमा देख्न सकिन्छ l  थ्रि मंकिज प्रोडक्सनको प्रस्तुति रहेको भिडियोमा उत्सव दाहालको छायाङ्कन , विकास दाहालको सम्पादन समावेश छ l थ्री मंकिज  प्रोडक्सनको आधिकारिक युट्युब च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको छ l