स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठ अभिनीत फिल्म सुनचाँदीमा समावेश आइटम गीत ‘…हे संगीता’ को रीमेक बन्ने भएको छ l उक्त रीमेकमा पनि गायक शम्भुजित बाँस्कोटाले नै आवाज दिने छन् l सो गीतलाई दर्शकले फिल्म ‘लप्पन छप्पन २’ मा हेर्न पाउने छन् l आगामी महिना गीतको छायांकन हुने छ l तर गीतमा कसले आइटम डान्स गर्नेछ भन्ने तय चाहिँ भैसकेको छैन । साथै ‘गीतको मर्म नमर्ने गरी आइटम डान्समा कास्ट गर्ने तयारी रहेको यस फिल्मका निर्देशक मुकुन्द भट्टको भनाइ छ l  संगीतकार एवं गायक शम्भुजित र देविका वन्दनाले यो गीत गाएका थिए । उक्त आइटम गीत त्यति बेला निकै रुचाइएको थियो । जसमा नायक श्रीकृष्ण र नायिका सारंगा श्रेष्ठको अभिनय रहेको थियो l फिल्म फाल्गुन १३ गते बाट प्रदर्शनमा आउँदै छ l शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, प्रकाश कुँवर, स्व .दीपक क्षेत्री, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्टलगायतका कलाकारको अभिनय छ ।

खिलेन्द्रराज तिम्सिनाको प्रस्तुति रहेको ‘लप्पन छप्पन २’बाट शक्ति श्रेष्ठ, केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल, सृजना सिना, रञ्जित वन्त लगायतले अभिनयमा डेब्यु गरेका छन् । फिल्मको पटकथा र संवाद निर्देशक भट्ट र सुनिल नेउरेले लेखेका हुन् । पुरुषोत्तम प्रधानले खिचेको फिल्ममा शम्भुजित बाँस्कोटा, राजेन्द्र भट्ट , दीपक आरजे र बुलेट फ्लोको संगीत रहेको छ । फिल्ममा किङ योगी र दिलीप ओकेडाको कोरियोग्राफी छ  भने हिमाल केसीसहित निर्देशक भट्टले एक्सन, नीरज केसीले साउन्ड र मिलन श्रेष्ठले सम्पादनमा काम गरेका छन् ।