पछिल्लो समय सस्तो लोकप्रियता पाउन टिकटक बाट म्युजिक भिडियोमा हाम्फाल्नेको घुइँचो लागेको छ l राम्रा फलोअर्स भएका र ३ सेकेन्डको भिडियोमा लिप्सिङ गरेर चर्चा कमाएका टिकटीकरहरु आफैँ हाम्फालेका भने हैनन् l सस्तो प्रचार गर्नलाई यिनलाई हाम्फाल्न लगाउने भनेका अहिलेका वरिष्ठ निर्माता निर्देशक नै हुन् l चल्तीका मोडेल साथै अभिनयमा खारिएकाहरूलाई बढी पारिश्रमिक दिनु पर्ने डरले टिकटीकरहरुलाई बजारमा भित्र्याइएको भनेर ठाडो भाषामा भन्दा फरक नपर्ला l पहिलो त यही नै हो, दोश्रो चाहिँ सस्तो प्रचार गर्नलाई l ठिक छ निर्माता निर्देशक ज्युहरू भित्र्याउनुस् l तर अभिनय र नृत्य जान्नेलाई लेराउनुस् l धेरै फलोअर्स भएकाहरूलाई हैन l सस्तो प्रचार गर्ने हजुरहरूले ल्याउनु भएका टिकटीकरहरुलाई फाइदा हुन्छ , तपाईँलाई फाइदा हुन्छ l तर तिनै टिकटकरहरुसँग जोडी बाँधेर काम गर्न पर्ने पोख्त कलाकारहरूलाई भने गाह्रो हुन्छ l कोरस गर्नेहरूलाई गाह्रो हुन्छ , छायाङकारलाई गाह्रो हुन्छ ,पुरा युनिट टिमलाई गाह्रो हुन्छ l त्यसमा पनि सबै भन्दा गाह्रो कोरस गर्नेलाई छ l बिगार्छ मुख्य कलाकारले, गाली खान्छ कोरस् डान्सरले, लाखौँको बिटा समाउँछ अभिनय र नृत्य नजान्नेले , हजार पन्ध्र सयमा आफ्नो कला बेच्छ बाध्यताले त्यही कोरस गर्नेले l सबै भन्दा धेरै खट्ने कोरस , दर्शकको नजरमा पर्ने केही नजान्ने कलाकार , भिडियोलाई सिँगार्ने , ज्यान लगाएर काम गर्ने कोरस् ! 'वाही वाही' पाउने ... l मेचमा बसेर छाता ओढ्छ कलाको नाउमा क नजान्नेले , मान् सम्मान इज्जत पाउँछ हेर्नै दिक्क लाग्ने खोक्रो अभिनय गर्नेले ,देशको गहना हुँ भनेर नाक फुलाउँछ l हेर हरि बिजोक l टिकटकरलाई मात्र भन्या हैन यस्ता हरि बिजोग गर्ने त यस क्षेत्रमा कति छन् कति छन् l एउटा सिन् गर्न हजारौँ टेक खाने खोक्रोलाई ल्याउनु भन्दा राम्रै पारिश्रमिक दिएर सबैमा पोख्त भएकालाई ल्याउनुस् l प्रसँग रह्यो हालै एपीवान टेलिभिजनमा समावेश कार्यक्रम बागिनाले सुटिङ सेटमै गएर लिएको एक अन्तर्वार्ता l जसमा एक कोरस डान्सरले आफ्नो पिडा पोखेकी छिन् l लुगा आउँछ , तर गएर लाउने कहाँ मुख्य कलाकारलाईपो सबै सुविधा हुन्छ l जेन्स कोरस डान्सरले जहाँ पनि ड्रेस लाउनु हुन्छ l तर हामी लेडिजलाई गाह्रो छ l साथै , सुटिङ ब्रेक हुने बित्तिकै सबै सुविधा ठुला कलाकारहरूलाई तर त्यही टिम सँग काम गर्ने हामीलाई वास्ता नै हुँदैन l यती मात्र हैन यस्ता भेदभाव त कति छ l कोरस गर्ने र हिट कलाकारहरू बिच l मेहनत गरे अनुसार न पारिश्रमिक , गाली खानु पर्ने उस्तै राम्रो काम गर्दा गर्दै पनि l अझै उक्त कोरस् डान्सरले भने अनुसार : नाम तोकेर त भनिनन् 'एक जना टिकटकर हुनुहुन्छ, म उहाँलाई टिकटकर नै भनेर सम्बोधन गर्छु , हामी यहाँ रेडी भई सकेका हुन्छौ कामको लागि ,तर उहाँ भने मोबाइल चलाएर बस्नु भयो , कोरीयोग्राफरले स्टेप सिकाउँदै हुनुहुन्थ्यो , उहाँलाई केही मत्लव छैन l जब निर्देशकले रेडी भनेर सम्बोधन गर्नु भयो , उहाँले स्टेप के हो भनेर टेक खानु भयो l त्यही क्रममा एक जना कोरस डान्सरले टेक नखानु न हामीलाई नि गाह्रो हुन्छ भन्दा सोही युनिट टिमका केही व्यक्तिहरूले १५०० दिएर ल्याएको भनेर कराउनु भयो l अझै बुझिए अनुसार पारिश्रमिक एउटा तोकेर ल्याउँछन् , दिने बेला चाहिँ ठ्याक्कै त्यसको आदी l न बोल्न सकिन्छ , न केही भन्न सकिन्छ l धन्न यती पनि दिए भनेर चित्त बुझाउनु पर्छ l कोरस डान्स गर्ने भन्छन् l