हास्य कलाकार द्वय सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को १३ औैं विवाह वर्षगाँठको अवसर पारेर ‘मायाले जीवन सजाऊ’ गीत सार्वजनिक गरिएको छ । उक्त गीत धुर्मुसका भाइ कुमार कट्टेल उर्फ 'जिग्री' र अस्मिता अधिकारीले गाएका हुन् l अर्जुन पोखरेलको शब्द तथा संगीत समावेश उक्त गीतको भिडियोमा धुर्मुस र सुन्तली रोमान्टिक मुद्रामा देखिएका छन् ।
गीतको भिडियोमा बन्देप्रसादको सम्पादन र मानकृष्ण महर्जनको छायांकन छ । रामजी लामिछानेको कोरियोग्राफी तथा निर्देशनमा तयार भएको गीतको भिडियोलाई धुर्मुस सुन्तलिकै अफिसियल युट्युब च्यानल बाट सार्वजनिक गरिएको छ l