‘कुरा सिधा छ’ बोलको गीतको भिडियो इन्टरनेट रिलिज भएको छ । रमेश परियारको शब्द तथा संगीत रहेको गीतमा सुजाता र अलिफ खानको स्वर छ ।काजिश श्रेष्ठको कोरियोग्राफी एवं निर्देशनमा लुम्बिनीमा यस गीतको भिडियो छायाँकन गरिएको हो ।

अभिनेता पल शाह र अभिनेत्री केकी अधिकारीको भिडियोमा अभिनय रहेको छ l गीतको भिडियोलाई अर्जुन तिवारीले छायाँकन र विकास ज्ञवालीले सम्पादन गरेका हुन् ।