अभिनेत्री पूजा शर्मा फिचर्ड म्युजिक भिडियो ‘जुलेबी’ सार्वजनिक भएको छ l गीतमा मोेडल प्रदीप लामासँग नयाँ भिडियोमा सहकार्य गरेकी छिन् । अस्मिता अधिकारी र अमृत घोले लामाको स्वर रहेको गीतको शब्द गणेश शाहीले कोरेका हुन् l शंकर थापा ‘स्माइल’को लय सिर्जना गीतमा छ l

पूजालाई न्रित्यमा प्रदीप लामाले साथ दिएका छन् भने भिडियो निर्देशन र कोरीयोग्राफी पनि स्वयम् उनकै रहेको छ l सुशान प्रजापतिको छायांकन, कृष्ण भण्डारीको सम्पादन भिडियोमा देख्न सकिन्छ । ए जी एल एन्टरटेन्मेन्ट युट्युब च्यानल बाट भिडियोलाई रिलिज गरिएको छ l