निर्देशक सम्राट् बस्नेतले मल्टी स्टार राखेर नयाँ फिल्म 'लाखे' बनाउने तयारीमा छन् l सो फिल्मको लागि उनले केही कलाकार पनि फाइनल गरी सकेका छन् l जसमा सौगात मल्ल, अनुपविक्रम शाही, आर्यन अधिकारी, अर्पण थापा, सुशील सिटौला, विजय बराल, सुनिल थापा लगायत रहेका छन् l ग्लोबल मिडिया एन्ड रिसर्च सेन्टर र औरियन प्रोडक्सन प्रालिको ब्यानरमा बन्ने फिल्मका निर्माता सिजन अर्याल हुन् । गणेश मल्ल ठकुरीको प्रस्तुकर्ता र हरि मल्ल ठकुरी कार्यकारी निर्माता छन् । हाइ बजेटमा निर्माण हुन लागेको यस फिल्ममा अन्य नयाँ कलाकारहरूको पनि अभिनय रहने छ l जसको लागि निर्माण टिमले चाडै नै अडिसन गर्ने तयारी गरेको छ l फिल्मका लागि १८ देखि २४ बर्ससम्मको एक मुख्य अभिनेत्री, ८ देखि १० वर्षको एक बाल कलाकार, १७ देखि २४ वर्षसम्मको एक महिला कलाकार र २६ देखि ५० वर्षसम्मको १० पुरुष सहायक कलाकार छानिनेछन् । कलाकार छनोट गर्न मंसिर १८ गते कान्तिपुर फिल्म एकेडेमीमा अडिसन हुने छ l फिल्मको कथा पनि निर्माता सिजन अर्यालकै रहने छ l यस अघि निर्देशक सम्राट्ले फिल्म 'पासवर्ड' निर्माण गरेका थिए l व्यावसायिक रूपमा सफलता नपाएता पनि फिल्मको चौतर्फी चर्चा भने भएको थियो