बलिउड सिरिज 'फेक' को छायांकन नेपालमा हुने भएको छ l जसका लागि चाडै नै बलिउडका प्रख्यात कलाकारहरू नेपाल आउँदै छन् l कलाकार शाहिद कपुर, विजय सेतुपति, केके मेनन र राशि खन्ना लगायत कलाकारहरू नेपाल आउने भएका हुन् l सिरिजको छायांकन काम यही हप्तामा सुरु हुने थ्री ह्विलर्स फिल्म्स प्रालिले जनाएको छ। वेब सिरिजको छायांकनका क्रममा विजय सेतुपति, केके मेनन र राशि खन्ना काठमाडौँ आउने निश्चित भइसकेको छ l भने शाहीद चाहिँ नेपाल आउने छैनन् l करिब चार दिन काठमाडौँको त्रिभुवन विमानस्थल, वसन्तपुरलगायत ठाउँमा छायांकन हुने छ। सम्भवत डिसेम्बर ४ तारिखदेखि छायांकन सुरु हुने छ। अमेजोन प्राइमको हिट सिरिज ‘द फेमिली म्यान’ निर्देशन गरेका निर्देशक द्वयको 'फेक' अपराध कथामा आधारित हुने छ। हालै मात्र अनुपम खेर, बोमन इरानी, परिणिति चोपडा, सारिका हसनले नेपालमा करिब एक महिना फिल्म 'उँचाइ' को छायांकनको लागि नेपालमा केही समय बिताएका थिए।