निर्देशक विनोद पौडेलले आफ्नो दोस्रो फिल्म 'रबर सिटी' को घोषणा गरेका छन्। पोष्टर सार्वजनिक गर्दै फिल्मको घोषणा गरेका हुन् l भुटानी शरणार्थीको कथामा निर्माण हुने यस फिल्ममा सुशांक मैनाली र राधा लम्साल मुख्य भूमिकामा रहने छन् l यिनको अलावा अन्य बाँकी कलाकार भने नयाँ नै हुने छन् l फिल्मको कथा पटकथा निर्देशक पौडेलले नै लेखेका हुन् l सम्पूर्ण छायाङ्कन अमेरिकामै हुने उक्त फिल्मको बजेट छ करोड माथि हुने निर्माण पक्षको भनाइ छ l अंकित पौडेलले यसको छायांकन गर्ने छन्। अविरल थापा, राजु पौडेल ,भक्त रिजाल,किर्तना बाँस्कोटा र यातिन पर्खानी फिल्मका निर्माता हुन् l यस अघि विनोदले फिल्म बुलबुल निर्माण गरेका थिए l जुन फिल्मले बक्स अफिसमा बम्पर ओपनिङ गरेको थियो l साथै फिल्मले फेस्टिभलमा सहभागिता जनाउँदै कयौँ अवार्डहरू पनि जितेको छ  l