अभिनेत्री रेखा थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी बाट महामन्त्री पदमा उम्मेदवारी दिने भएकी छन् । बुधवारबाट काठमाडौँमा सुरु भएको राष्ट्रिय महाधिवेशनमा सदस्य समेत रहेकी थापाले अध्यक्ष पदका दाबेदार राजेन्द्र लिङ्देनको प्यानलबाट महामन्त्रीमा उठ्न लागेकी हुन् । उनले महिलातर्फ महामन्त्री पदमा उम्मेदवारी दिएकी हुन् ।  सामाजिक सञ्जालमा उम्मेदवारी दिएको तस्बिर राखेकी उनलाई शुभकामनाको ओइरो आएको छ l २०७३ सालमा रेखाले माओवादी त्यागेर रा .प्र.पा मा प्रवेश गरेकी थिइन् l काठमाडौँ क्षेत्र नम्बर ४ बाट महाधिवेशन प्रतिनिधि बनेकी रेखा राप्रपा  प्रवेश गर्दा कमल थापा निकट मानिएकी थिइन् । राप्रपा फुटेपछि भने उनी पशुपति सम्शेर राणाको राप्रपा (प्रजातान्त्रिक) को सह(महामन्त्री बनेकी थिइन् । पछि फेरि दुईटा राप्रपा एक भएपछि उनी केन्द्रीय सदस्य बनिन् l