र्यापर साकार उर्फ 'लिटिल बुद्ध’ लगभग २ वर्ष पछि नेपाली सांगीतिक क्षेत्रमा आउने भएका छन् l ‘ड्रागन वर्ल्ड’ नामक एल्बम लिएर उनी पुनः सांगीतिक क्षेत्रमा प्रवेश गरेका हुन् l उक्त एल्बमलाई बजार ल्याउनुका साथै उनले वर्ल्ड टुरको पनि घोषणा गरेका छन् । गायक गायिका, निर्माता, फेसन डिजाइनर, मोडल, कलाकार र मनोरञ्जन क्षेत्रको चर्चित अनुहारको सहभागिता हुनेछ । उनले आगामी डिसेम्बर ४ मा ठमेलको सुगर केटीएममा ‘लिटिल बुद्ध लाइभ’ नामक कन्सर्ट गर्दै छन् । साकारले तीन वर्षपछि पहिलो पटक कन्सर्ट गर्न लागेका हुन् । उनले एल्बम आउनु भन्दा अगाडि आउने ‘इपी ड्रागर फायर’मा रहेर तीन गीत सार्वजनिक गरेका थिय ।