महानायक राजेश हमालले आफू पुनः विवाह बन्धनमा बाँधिएको भन्दै ख्याल ठट्टा गरेका छन् l सामाजिक सञ्जाल मार्फत विवाहका तस्बिर राख्दै उनले भनेका छन् फेरी विवाह गरे , तर म्युजिक भिडियोमा l तस्विरमा राजेश घोडा माथि चढेर बेहुला बनेका छन् l तम्झमका साथ गरिएको उक्त म्युजिक भिडियो मोडल करुणा राईसँग राजेश हमालले विवाह गरेका हुन् । गीतमा गायक गोविन्द पौडेल र गायिका देवी घर्ती मगरको आवाज रहेको छ l गीतमा राजेश र करुणा श्रीमान् श्रीमतीको भूमिकामा छन् ।