सर्ट फिल्म ‘थर्ड आई’ बन्ने भएको छ । आशुतोष फिल्मस् प्रोडक्सनको व्यानरमा निर्माण हुने फिल्मलाई आशुतोष अधिकारीको निर्देशन गर्ने छन् l लायन्स क्लब भरतपुर सप्तरंगीको सहकार्य निर्माण हुने फिल्मले दृष्टियुक्त व्यक्तिले मरणोपरान्त दृष्टि दान गरेमा कोही पनि दृष्टिविहीन हुन नपाउने कथा देखाउनेछ । मंसीर १७ गतेबाट चितवन र पोखरामा छायांकन हुने फिल्ममा रोज दाहाल, कमला अधिकारी, केडी प्रसिद्ध, विमल पौडेल र सुरज पोख्रेल लगायत कलाकारको अभिनय रहनेछ । विनोद मिश्र प्रस्तुतकर्ता, केडी प्रसिद्ध कार्यकारी निर्माता, सुजन बिसीको छायांकन, मन्दिल श्रेष्ठको सम्पादन फिल्ममा समावेश छ l साथै, सुनयमान श्रेष्ठको मिक्सिङ, सम्राट् थापाको पाश्र्वसंगीत, विमल लामाको संगीत तथा गायन, आरती अधिकारी आचार्यको कथा तथा रफी शाहको पटकथा र संवाद रहनेछ । निर्देशक आशुतोषको यसअघिको सर्ट फिल्म ‘हाम्रो नाता’ले अवार्ड हात पारिसकेका छन् ।