निर्माता तथा अभिनेता प्रशान्त गिरीले नयाँ फिल्म निर्माण गर्ने भएका छन् l केही समय अघि नै घोषणा गरी सकेको फिल्म 'बजरंगी' लाई समय दिने भएका हुन् l फिल्म बाउन्सर रिलिज लगत्तै उक्त फिल्मको घोषणा गरेका उनले समय सँगै अमेरिका भासिएका थिए l हालै उनी नेपाल फर्किएर सो फिल्मलाई निरन्तरता दिने तयारी गरेका हुन् l फिल्मको हाल स्क्रिप्टमा काम भइरहेको छ l अर्को वर्षको मध्येबाट छायांकन थाल्ने तयारीमा रहेका गिरी फिल्मकर्मीका साथै समाजसेवी र व्यवसायमा पनि सक्रिय छन् । उनले केही दिन पहिले काभ्रे पुगेर आफूले अध्ययन गरेको विद्यालयलाई प्रिन्टिङ लगायतका सामाग्रीसहित विद्यालय रंङ्गरोगन र सरसफाइका लागि ६० हजार नगद सहयोग गरेका छन् । यो सँगै उनी ग्याँस, लिक्युड ,पेट्रोलियम पदार्थ र रेस्टुरेन्ट सञ्चालक पनि हुन् l