अभिनेता प्रदीप खड्का अभिनीत ‘प्रकाश’को डिजिटल राइट्स बिक्री भएको छ । महँगो रकममा डिएआर मुभिजले सिनेमाको डिजिटल राइट्स खरिद गरेको हो । फिल्म हाल सम्मकै महँगो रकम खरिद भएको हो l उक्त खबर फिल्मका निर्माता महेन्द्र अधिकारीले बताएका हुन् l वितरक रोहित कट्टेल र डिएआर मुभिजका तर्फबाट सञ्चालक श्याम धितालको उपस्थितिमा सिनेमा खरिद सम्झौता गरिएको हो । दिनेश राउतको निर्देशन रहेको फिल्म बिनिस इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको छ l  गाउँको युवाले शिक्षकको सरकारी जागिर खान गर्ने संघर्षको कथा बोकेको फिल्ममा  प्रदीपका अलावा रेणु योगी, दीया मास्के, प्रकाश घिमिरे, पवित्रा खड्का, प्रशान्त श्रेष्ठ, नीरज पन्थी, दीपेन्द्र शाही लगायतका कलाकारहरूको अभिनय रहेको छ । विकास सुवेदीको कथा रहेको 'प्रकाश' लाई राजेश श्रेष्ठले खिचेका छन् l फिल्म भारतका विभिन्न सहरमा रहेका सिनेमा हलमा नेपाली भाषामा समेत प्रदर्शन गरिनेछ । केही समय पछि फिल्मको रिलिज मिति घोषणा निर्माण टिमको योजना रहेको छ l