यो साता फ्राइडे रिलिज अन्तर्गत एउटा नेपाली फिल्म र दुई विदेशी फिल्म रिलिज भएको छ। निर्देशक सुमन पौडेलको निर्देशन ,कथा रहेको `ओभरडोज´ आज बाट प्रदर्शनमा आएको हो l अमेरिकामै सम्पूर्ण छायाङ्कन भएको उक्त फिल्ममा नेपाली कलाकार सँगै अमेरिकाकै केही कलाकारहरूले पनि अभिनय रहेको छ l  गुसी भाइको छायाङ्कन रहेको यस फिल्मलाई  साजन कार्कीले सम्पादन गरेका हुन् l फिल्ममा सविनजंग थापा,प्रनिसराज पन्त गौरव गुरुङ, स्वामी डिले लगायतको अभिनय रहेको छ l  त्यस्तै बलिउडतर्फ नेपालका लागि 'तडप' र हलिउड तर्फ एनिमेटेड फिल्म 'इकान्टो' प्रदर्शनमा आएको छ l  बलिउड अभिनेता सुनिल सेट्टीका छोरा अहान सेट्टीको डेब्यु फिल्म ‘तडप’ लाई  साजिद नाडियाडवालाले निर्माण गरेका हुन् । मिलन लुथरियाले निर्देशन रहेको 'तडप' साउथको सुपर हिट फिल्म ‘आरएक्स १००’को रिमेक हो । अहानको अलावा फिल्ममा तारा सुतारिया, सौरब शुक्ला , सुमित गुलाटी लगायतको अभिनय रहेको छ l यसै गरी हलिउड फिल्म 'इकान्टो' लाई निर्देशक ब्यारोन हावार्ड , जरेड बुस र चेराइस कास्ट्रो स्मिथ्ले निर्देशन गरेका हुन् l फिल्ममा स्टेफनी बिट्रिजले मिराबेल मड्रिगलको भूमिका निर्वाह गरेकी छिन् l कोलम्बियाली युवती जसले जादुई शक्तिबिना आफ्नो परिवारको एक मात्र सदस्य भएकोले निराशाको सामना गर्नुपरेको कथा फिल्ममा देखाइएको छ ।