नायक सलोन र रुबिनाको जोडी फेरी पनि अर्को म्युजिक भिडियो मार्फत दर्शक सामु आएका छन् । सार्वजनिक गीत रहेको छ`तिम्रो मायाले´ । उक्त गीत गायिका रचना रिमाल र गायक केशव भावुकको सुमधुर स्वरले सजिएको छ । सुधा मरहठ्ठाको शब्द लेखन र राजन तिमिल्सिनाले संगीत गीतमा समावेश छ । भिडियोमा सन्तोष राजवाहकको कोरियोग्राफी बुद्ध थापाको छाँयाकन विकास दाहालको सम्पादन रहेको छ ।
भिडियोमा सलोन र रुबिनासंगै केही टिकटकरहरु सन्तोष बस्नेत, लोसिना लामिछाने, प्रख्यात घिमिरे, तप्स्याको अभिनय रहेको छ । भिडियोलाई गीतकार सुधा मरहठ्ठाको अफिसियल युट्युब च्यानल सुधा इन्टरटेन्मेण्ट मार्फत सार्वजनिक गरिएको छ ।