कलासी प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्म “इ ओ जी” इरोर्स अफ गडको टिजर सार्वजनिक भएको छ । ओ एस् आर डिजिटल युट्युब च्यानल मार्फत टिजरलाई सार्वजनिक गरिएको हो l सार्वजनिक टिजरमा फिल्मका मुख्य कलाकारहरूलाई देखाइएको छ l जसमा राज न्यौपाने, घनश्याम जोशी र विकास जोशीलाई प्रस्तुत गरिएको छ ।प्रकु पाण्डेको निर्देशन रहेको फिल्मको कथा, संगीत सापकोटाले गरेका हुन् ।

सगुन पोख्रेलको लगानीमा निर्माण भएको सिरिजमा विजय बराल, राज न्यौपाने ,घनश्याम जोशी, आनन्द छेत्री लगायत दर्जनौँ कलाकारहरूको अभिनय रहेको छ ।महँगो बजेट साथै फरक कथा र दर्जनौँ कलाकारहरू राखेर निर्माण गरिएको “इ ओ जी”रङगीन क्षेत्रमा पहिलो सिरिज रहेको निर्माण टिमले जनाएका छन् ।