हास्य कलाकार तथा निर्देशक दीपक राज गिरी मनको कुण्ठा सामाजिक सञ्जालमा पोख्न माहिर छन् l चरम उत्कर्षमा पुगेको चर्चा होस् या वर्तमान अवस्थामा चल्दै गरेको कुनै पनि बहस l  हिचकिचाहट बिना नै सञ्जालमा लेख्दिन्छन् l यस कारण पनि उनले प्राय लेखेका सञ्जाल स्ट्याट्सहरु सिने क्षेत्रको गसिप बन्दिन्छ l हालै पनि उनले एक स्ट्याटस सञ्जालमा लेखेका छन् l केही प्रश्नको उत्तर लेख्दै उनले अहिले चर्चामा आएको नायिका रेखा को रा.प्र.पा महाधिवेशन लाई झटारो हानेका छन्  l  

दीपकको स्ट्याटस जस्ताको तस्तै :

आज म लेख्दैछू ……
राप्रपा को चुनाव मेरो लागि लुतो न कनाइ हो 
कलाकार रेखा थापा को उम्मेदवारी र यस सम्बन्ध मा भएका बहस बाजी को बारेमा  केही लेख्न मन लाग्यो, केही उठेका प्रश्न हरू …
१)गणतन्त्र बादी रेखा कसरी राप्रपा? 
काँग्रेस एमाले मा पनि राजा ल्याउनु पर्छ भन्ने बिचार राख्ने मान्छेहरू छन् ,अब उनीहरू काँग्रेस वा एमाले हुन वा होइनन् ?
त्यसै गरेर राप्रपा मा पनि त राजा ल्याउनु हुन्न भन्ने धार पनि होला वा हुन सक्छ नि ……न रेखा त्यसमा पर्छिन् कि ?
२) रेखा थापा लाई कुन्ता जी ले “ राजनीति ,फिल्म खेलेको जस्तो सजिलो छैन ”
भन्नु भएछ 
, कसले भन्यो तपाईँलाई फिल्म खेल्न सजिलो छ भनेर… एकचोटी ट्राई गरेर हेर्नु हुन्छ ? क्यामरा अगाडि तपाइको पसिना छुट्ने छ !! संसारका सबै काम आ आफ्नो ठॉउमा गार्होनै हुन्छ l त्यसैले कुनै पेसा लाई सजिलो ठान्ने काम नगरौँ l हुनत: राप्रपा ले मेरो सिद्दान्त र बिचार लाई प्रतिनिधित्व गर्दैन , एउटा कलाकार लाई चुनाव जित्न का लागि सधै दलहरूले प्रयोग गर्दै आइरहेको र उनिहरूलाइ कुनै पनि महत्वपूर्ण जिम्मेवारी वा पदहरू वाट बन्चित गरिदै आएको परिप्रेक्ष्यमा रेखा थापाले महामंत्री जस्तो महत्वपूर्ण पदमा आफ्नो उम्मेदवारी प्रस्तुत गर्नु लाई मैले एक कलाकारको हिसाब ले स्वागत योग्य ठान्दछू र शुभकामना पनि दिन चाहन्छू !! तैले सक्दैनस, यो तेरो काम होइन , तेरो अनुभव छैन …यि शब्दहरू तिन्ले प्रयोग गर्छन जो आफै असक्षम छन् !!