फिल्म 'बाबरी' को इन्ड क्ल्याप भएको छ l ३८ दिनमा फिल्मको छायाँंकन सिक्किममा समापन भएको हो l तस्बिर सञ्जाल राख्दै फिल्मको इन्ड क्ल्याप भएको निर्माण टिमले जानकारी गराएका हुन् l बाबरी फिल्मको ब्यानरमा निर्माण हुने फिल्ममा पुष्पालता अधिकारी बुढाथोकीको लगानी छ। त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्ममा अदितिका साथै धिरज मगर, धिरज टोटलानी, तृत्ती नाडकर लगायतका कलाकारको मुख्य भूमिका रहेको छ। ३ वर्षपछि अदितिले फिल्म ‘बाबरी’मार्फत नेपाली फिल्म क्षेत्रमा कमब्याक गरेकी हुन् l नरेन्द्र मैनालीको छायाँंकन, एन्जिला खत्रीको कोरियोग्राफी, कालीप्रसाद बाँस्कोटा, अनमोल गुरुङ र सुजन चापागाईँको संगीत फिल्म रहनेछ ।