निर्देशक तथा चर्चित कोरीयोग्राफर गोविन्द राईको निर्देशनमा देश भक्ति गीत रिलिज गरिएको छ l 'मेरो झन्डा फरफराउँछ' बोलको गीतमा राजनन्द मन्दब्य र तिलक बस्नेतको भोकल रहेको गीतमा संगीत गायक मन्दब्यकै रहेको छ l उक्त गीतको रचना मन्दब्यका साथ ईश्वर कुमारले मिलेर कोरेका हुन् l रमेश सेन्चुरीको संगीत संयोजन गीतमा समावेश छ l भिडियोमा सुर्विर पण्डित ,सन्देश लिम्बु , मुकेश हमाल ,विकास अधिकारी, सोनु गिरी, दीपक थापा लगायतका कलाकारहरूको अभिनय रहेको छ l
साथै गेस्ट कलाकारमा देशका वरिष्ठ व्यक्तित्वहरू महावीर पुन, गायिका कुन्ती मोक्तान, सुदिप आचार्य, डा. विनोद बिजुक्छे , सिला बहादुर मोक्तान र लोक बहादुर टन्डनको पनि अभिनय देख्न सकिन्छ l सन्चु ठोकरको भिडियो दृश्य कैद , रञ्जित मानन्धर सम्पादन , अशोक रोक्का मेकअप रहेको भिडियोको पोस्ट प्रोडक्सन शब्दले गरेको हो l नराडम टिभी युट्युब च्यानलमा भिडियोलाई हेर्न सकिन्छ l