रा .प्र.पाको  महिला महामन्त्रीमा उठेकी नायिका रेखा थापा पराजित भएकी छिन् l  कुन्तीकुमारी शाही सँगै भिडेकी उनले १६४० मत ल्याएर पराजित भएकी हुन् l साथै कुन्तीले २००८ मत ल्याउँदै पार्टीको महिला महामन्त्रीमा विजयी भएकी हुन् । हारेता पनि आफू निकै नै खुसी भएको उनको भनाइ छ l भन्छिन् 'राप्रपालाई कमल थापाको कोठेबारीबाट निकालिएकोमा खुसी छु’ l बुधवारबाट काठमाडौँमा सुरु भएको राष्ट्रिय महाधिवेशनमा सदस्य समेत रहेकी थापाले अध्यक्ष पदका दाबेदार राजेन्द्र लिङ्देनको प्यानलबाट महामन्त्रीमा उठेकी थिइन् । २०७३ सालमा रेखाले माओवादी त्यागेर रा .प्र.पा मा प्रवेश गरेकी थिइन् l काठमाडौँ क्षेत्र नम्बर ४ बाट महाधिवेशन प्रतिनिधि बनेकी रेखा राप्रपा  प्रवेश गर्दा कमल थापा निकट मानिएकी थिइन् । राप्रपा फुटेपछि भने उनी पशुपति सम्शेर राणाको राप्रपा (प्रजातान्त्रिक) को सह(महामन्त्री बनेकी थिइन् । पछि फेरि दुईटा राप्रपा एक भएपछि उनी केन्द्रीय सदस्य बनिन् l यसै गरी राप्रपाको अध्यक्षमा कमल थापाको ठाउँ राजेन्द्र लिङ्देनले लिएका छन् l