अभिनेता भुवन केसी र मोडेल सृस्‍टि खड्काको अभिनयमा 'घरमा आइस्योस् न' बोलको म्युजिक भिडियो इन्टरनेट रिलिज गरिएको छ l रानी शाक्य र कृष्ण भारद्वाजको भोकल रहेको गीतमा लय सिर्जना गायक कृष्णकै रहेको छ l 

सुशील पौडेल र तिलक प्रताप चन्दको संयुक्तमा रचना गरिएको गीतमा विषम आचार्यको एरेन्ज समावेश छ l उत्सव दाहालको छायाङ्कन, विकास दाहालको सम्पादन भिडियोमा छ l सन्तोष राजवाहकको निर्देशन र कोरीयोग्राफी रहेको भिडियोलाई युट्युब च्यानल 'रानी शाक्य' मा हेर्न सकिन्छ l