मुकुन भुसाल र लक्ष्मी बर्देवाको मुख्य भूमिका रहेको फिल्म ‘बिच्छेद’को इन्ड क्ल्याप भएको छ । सत्यराज चौलागाइँले निर्देशन गरेको फिल्मको छायांकन रामेछापको एक गाउँमा गरिएको हो । फिल्ममा सुष्मा निरौला, प्रिया रिजाल, लय संग्रौला र हिउँवाला गौतमको मुख्य भूमिका छ । लकडाउनले फिल्म सुटिङ रोकिँदा निर्मातालाई आर्थिक क्षति भएको निर्देशक चौलगाइँले बताए ।कोरोनाको स्थितिमा सुधार भए फिल्मलाई प्रदर्शनमा ल्याउने जानकारी सम्बन्धित फिल्मका निर्माताले दिएका छन् ।