कोरोना साम्य हुँदै गए सँगै फिल्मको रिलिज मिति भटाभट तय हुन थालेका छन् l २ वर्ष देखी पेन्डिङमा रहेका कयौँ फिल्महरूले रिलिज मिति तोकी सके l जसमा प्रेम गीत ३ , म यस्तो गीत गाउँछु २ , कठपुतली, ए मेरो हजुर ४ लगायतका फिल्महरू l रिलिज मिति तोकी सक्दा पनि अझै पनि निर्माता निर्देशकहरू अन्यौलमा छन् l फिल्म सोही मितिमा रिलिज गर्ने या नगर्ने भनेर l त्यो अन्योल कोरोनाले गर्दा भने हैन l कारण रह्यो विदेशी फिल्म आएर जुधिदिन्छन् भनेर हो l यो डर अहिले 'चपली हाइट ३' का निर्मातामा देखिएको छ l चपली हाइट कै मितिमा यानिकि आउँदो पुस २ मा साउथ फिल्म ‘पुष्पा’ र अंग्रेजी फिल्म ‘स्पाइडर म्यान’ पनि प्रदर्शन हुँदै छ । यदि फिल्म जुध्न आयो भने उनले रिलिज मिति सार्ने निर्णय गरेका छन् l निर्माता अर्जुन कुमारले केही दिन देखी मिडियामा फिल्म बारे बोली नै रहेका छन् l भन्छन् 'साउथ फिल्मको हिन्दी डब नेपाल ल्याएर नेपाली फिल्मलाई तर्साउन खोजिएको छ' l साथै नेपाली फिल्म माथि वितरकहरूले ठुलो गद्दारी गरेका छन् , ‘साउथ फिल्म (पुष्पा) को हिन्दी डब नेपाल आयो भने म हलमा फिल्ममै रिलिज गर्दिनँ । म अरू निर्मातालाई पनि नेपाली फिल्म अहिलेका लागि स्थगित गर्यौँ भनेर अभियान चलाउने सोचमा छु । म चुप लागेर चाहिँ बस्दिनँ ।’यसको मतलब यो हैन कि मैले विदेशी फिल्मको विरोध गरेको हुँ l ‘म अल्लू अर्जुन, सलमान खान, शाहरुख खान, अक्षय कुमारको फिल्मसँग भिड्न सक्दिनँ । यस्तो अवस्थामा नेपाली फिल्मलाई सपोर्ट गरौँ भनेर आग्रह मात्र गरेको हुँ । यदि नेपाली फिल्मलाई भन्दा विदेशी फिल्मलाई प्राथमिकतामा राखिन्छ भने म फिल्मै लगाउँदिनँ ।’
‘चपली हाइट ३’मा स्वस्तिमा खड्का, अर्पण थापा, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी, प्रतीक श्रेष्ठलगायतका कलाकारको अभिनय रहने छ । सस्पेन्स थ्रिलर जनरामा निर्माण भएको फिल्म अर्जुन कुमार फिल्मस् प्रोडक्सनको ब्यानरमा बनेको हो । फिल्मलाई अर्जुन कुमार फिल्मस् र केडिसी हस्पिटलले मिलेर निर्माण गरेका हुन् । यस फिल्मको पहिलो भागले दर्शकको मन जितेको थियो भने तेस्रो शृङ्खलासम्म आइपुग्दा पनि दर्शकले पहिलो भागको धङधङी बिर्सेका छैनन् । यसैले चलचित्र निकै प्रतीक्षित बनेको छ ।