गत शुक्रवार ठमेल स्थित क्लब फरेनहाइटमा माहौल निकै नै रोचक बन्यो l इन्डियन-अमेरिकन र्यापर द राजा कुमारीको आगमन् सँगै उनले गाएका गीतहरूमा दर्शक झुमी झुमी नाची रहेका थिए l कन्सर्ट हुनु अघि नै दर्शकको भिडले फरेनहाइट तातिएको थियो l लगभग ८ बजे देखी नै दर्शकको भिडले राजा कुमारी सँग आमुने सामुने गर्न एक अर्कालाई धकेल्दै अगाडी बढी रहेको स्पष्ट सँग देखिन्थ्यो l तर, राजा कुमारी भने मध्यरातमा मात्र स्टेज चढिन् l त्यसपछि त त्यहाँको माहौलले अर्कै रूप लियो l
सबै भन्दा रमाइलो त्यहाँको माहौल राजा कुमारीले नेपाली बोल्दाको थियो l विदेशीले नेपाली बोले पछि त हामी नेपालीलाई अरू के नै चाहियो र l राजा कुमारीको कन्सर्ट हेर्नका लागि युवायुवती रातको २ बजेसम्म क्लब फरेनहाइटमा बसेका थिए । सेतो पहिरनमा अनुहार छोपेर ‘के छ नेपाल, सञ्चै हुनुहुन्छ ?’ भन्दै स्टेज चढेकी राजा कुमारीले करिब एक दर्जन गीत प्रस्तुत गरेकी थिइन् । उनले आफ्नो चर्चित गीत ‘सिटी स्लम्स’ प्रस्तुत गर्दा दर्शकले वान्स मोर भन्दै हुटिङ गरेका थिए । उक्त गीत राजा कुमारीले दुई पटक गाउनु परेको थियो । राजा कुमारी कन्सर्टका लागि बिहीबार नेपाल आएकी थिइन् ।