फिल्म 'घामड शेरे' युट्युबमा सार्वजनिक भएको छ l ओे एस् आर डिजिटल बाट रिलिज गरिएको फिल्मले २४ घण्टामा नौ लाख भ्युजको आँकडा पार गर्दै ट्रेन्डिङको दोश्रो स्थान ओगटेको छ l सकारात्मक प्रतिकृयाको ओइरो आएको फिल्मले ५१ हजार लाइक पाएको छ l टिकटकमा फिल्मको सानो क्लिप भाइरल भए पछि उक्त फिल्मको प्रतीक्षामा थुप्रै दर्शकहरू बसेका थिए l

हेमराज बिसीले निर्देशन गरेको फिल्ममा स्वस्तिमा खड्का र निश्चल बस्नेत शीर्ष भूमिकामा छन् । फिल्ममा निश्चल विदेश फर्केका एक विवाहित पात्रको भूमिकामा छन् । स्वदेशमै व्यावसायिक तरकारी खेती गर्ने सोच राखेका उनको पैसा खोलाको बलौटे जग्गामा फस्दा पछि गर्ने संघर्षमा फिल्मको कथा केन्द्रित छ । फिल्ममा स्वस्तिमा र निश्चलका अलवा गौरी मल्ल, सुष्मा निरौला, लोकेन्द्र लेखक, बादल भट्टलगायत कलाकारहरूको पनि अभिनय छ ।